PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पिपिएल : काठमाडौं गोल्डेनको लगातार दोस्रो हार, बुटवलको पहिलो जित



पहिलोपोस्ट

पिपिएल : काठमाडौं गोल्डेनको लगातार दोस्रो हार, बुटवलको पहिलो जित
तस्विर : पिपिएल

काठमाडौं : पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)को आजको दोस्रो खेलमा काठमाडौं गोल्डेन वारियर्स बुटवल ब्लास्टरर्ससँग पराजित भएको छ। पहिलो खेलमा पोखरासँग पराजित भएको काठमाडौंको यो लगातार दोस्रो हार हो।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको वुटवलले बुटवलले पनि निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन नै बनाएको थियो। त्यसपछि सुपर ओभरमा लम्बिएको खेलमा बुटवल ब्लास्टरले खेल आफ्नो पक्षमा पारेको हो। सुपर ओभरमा १३ रनको लक्ष्य पछ्याएको काठमाडौंले २ रन मात्र बनाउँदा खेल बुटवलले जितको थियो।

बुटवलका लागि हर्ष टोङ्कले सर्वाधिक ४५ रन बनाउँदा सिवम सिंहले ३३ रन बनाएका थिए। त्यस्तै शंकर रानाले २० रन, आफ्ताव उद्दिन अहमेदले १४ रन तथा भीम शार्कीले १३ रन बनाए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंका लागि पवन सर्राफले सर्वाधिक ३७ रन बनाए। २१ बलमा ३ चौका र २ छक्काको सहायतामा अभिजित ३७ रन बनाएका हुन्।  त्यस्तै जयकृष्ण कोल्सवालले २८ रन बनाउँदा आदिल खानले २३ रन बनाए।  कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले समान १५/१५ रन बनाउँदा अमर रौटेलाले अभिजत १४ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बुटवलका लागि नितेश थापाले २ विकेट लिँदा हरि बहादुर चौहान र अभिनास बोहोराले समान १/१ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell