PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

नेकपा स्थायी कमिटी बैठक : सरकारको आलोचनादेखि एमसिसीको विरोधसम्म



पहिलोपोस्ट

नेकपा स्थायी कमिटी बैठक : सरकारको आलोचनादेखि एमसिसीको विरोधसम्म
फोटो : रासस।

काठमाडौं : आइवारदेखि जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोध भएको छ।

बैठकमा ‍प्रस्तुत राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि धारणा राख्ने क्रममा स्थायी कमिटी सदस्यहरु भीम रावल र देव गुरुङले एमसिसीको विरोध गरेका हुन्।

रावल र गुरुङले एसिया प्रशान्त क्षेत्रमा आफ्नो सैन्य विस्तार गर्न अमेरिकाले सञ्चालन गरिरहेको इन्डो प्यासिफिक रणनीति अन्तर्गतको एमसिसी परियोजना रोक्न सुझाए। योगेश भट्टराईले पनि इण्डो प्यासिफिकको विषय जोडदार रुपमा उठाएका थिए।

स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार स्थायी कमिटी बैठक ढिला डाक्नुको कारणबारे बैठकमा आपत्ती जनाइएको छ।

अर्का सदस्य बेदुराम भुसालले बैठकमा उपनिर्वाचनमा पराजय भोग्नुको कारण स्पष्ट नभएको कुरा उठेको बताए। त्यस्तै धारणा राख्ने सदस्यहरुले सरकारको आलोचना पनि गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको रानीतिक प्रतिवेदन तथा विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले धारणा राखे।

बैठक आजसम्म बस्ने भनिएपनि लम्बिएको छ। बैठक भोलि ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell