PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

च्याम्पियन्स लिग ड्र: म्यानचेस्टर सिटीले रियल मड्रिडसँग खेल्ने, लिभरपुलले एथ्लेटिको मड्रिडसँग



पहिलोपोस्ट

च्याम्पियन्स लिग ड्र: म्यानचेस्टर सिटीले रियल मड्रिडसँग खेल्ने, लिभरपुलले एथ्लेटिको मड्रिडसँग

च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर सिटीले रियल मड्रिडसँग खेल्ने भएको छ। सोमबार सार्वजनिक भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र अनुसार   स्पेनिस फुटबलको महारथी रियल मड्रिडले म्यानचेस्टर सिटिको सामना गर्ने छ। त्यस्तै साविक विजेता लिभरपुलले एथ्लेटिको मड्रिडको सामना गर्ने छ।

त्यस्तै इङग्लिस क्लब चेल्सीले जर्मन टिम वार्यनको सामना गर्ने छ भने स्पेनिस महारथी बार्सिलोनाले नेपोलीसँग खेल्ने छ।  एटलान्टाले भ्यालेन्सियाको सामना गर्ने छ।

अन्तिम १६ का खेल फेब्रुअरी १८ बाट शुरु भएर ३० मे मा फाइल खेल हुने तालिका रहेको छ।

पहिलो लेग फेब्रुअरीको १८, १९, २५ र २६ मा हुनेछ भने दोस्रो लेग मार्चको १०,११,१७ र १८ मा हुनेछ। त्यसपछि सेमिफाइनल हुँदै ३० मे मा फाइनल खेल सकिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell