PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

राष्ट्रिय सम्मानका साथ अध्यक्ष भट्टराई र कलाकार क्षेत्रीको गरियो अन्त्येष्टि 



पहिलोपोस्ट

राष्ट्रिय सम्मानका साथ अध्यक्ष भट्टराई र कलाकार क्षेत्रीको गरियो अन्त्येष्टि 

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको अन्त्येष्टि गरिएको छ। भट्टराई र क्षेत्रीको आज साँझ पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

नेपाल सरकार सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भट्टराईको पाथिर्व शरिरमा राष्ट्रिय झण्डा ओढाएसँगै नेपाल प्रहरीको सलामीका साथ भट्टराई र क्षेत्रीको अन्त्येष्टि गरिएको हो।

भट्टराईलाई १४ वर्षीय छोराले दागबत्ती दिए। ५२ वर्षीय भट्टराई वैवाहिक कार्यक्रमबाट निवासतर्फ फर्कदै गर्दा बाटोमा बेहोस भएका थिए। उपचारको लागि ओम अस्पताल लाने क्रममा आइतवार राति उनको निधन भएको हो। लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय रहेका भट्टराई करिब ८ महिनादेखि बोर्डको अध्यक्षको पदमा नियुक्त थिए। 

त्यस्तै कलाकार दीपक क्षेत्रीको शनिवार निधन भएको थियो। उनी डिल्लीबजारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामै मृत भेटिएका थिए। ५८ वर्षीय क्षेत्री पछिल्लो समय फिल्म छ माया छपक्कैमा देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell