PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढ्दो



पहिलोपोस्ट

सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढ्दो

तुलसीपुर : मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन्। चालू आर्थिक वर्ष २०७६/७७ को मंसिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन्।

मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुष पनि सोझै अदालतमा जान सक्ने व्यवस्था गरेपछि पुरुष पनि सम्बन्धविच्छेदका लागि अदालत जाने गरेका हुन्। जम्मा ४७२ सम्बन्धविच्छेदका मुद्दा परेकामा २८८ महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेको दाङ देउखुरी जिल्ला अदालतका श्रेस्तेदार धनीप्रसाद चापागार्इंले बताए।

दर्ता भएका मुद्दामध्ये १५० मुद्दा फर्छ्यौट हुन बाँकी रहेको श्रेस्तेदार चापागाईंले बताए। तीन सय २२ मुद्दा भने फर्छ्यौट भइसकेको उनको भनाइ छ। गत वर्षको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढेको उनको भनाइ छ।

सम्बन्धविच्छेदका लागि निवेदन दिने पुरुषले श्रीमतीले घर–व्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा रहँदा घरमा सम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध जोडेको कारण देखाउँदै मद्दा दिएको श्रेस्तेदार चापागाईंले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell