PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

पिपिएल: साविक विजेता पोखरा र हेविवेट चितवन भिड्दै



पहिलोपोस्ट

पिपिएल: साविक विजेता पोखरा र हेविवेट चितवन भिड्दै
फाइल फोटो। पिपिएल

पोखराम जारी पोखरा प्रिमियर लिग पिपिएल अन्तर्गतको आजको खेलमा साविक विजेता पोखरा पल्टन र हेविवेट चितवन राइनोज भिड्दै छन्।

शरद भेषवाकरको कप्तानीमा रहेको पोखराले यसअघि नै काठमाडौंलाई हराउँदै सुखद सुरुवात गरिसकेको छ। पोखरा आजको खेलमा पनि जित निकाल्दै अघिल्लो चरणको यात्रा सुनिश्चित बनाउन तिर लाग्नेछ।

अर्कोतर्फ पारस खड्काको कप्तानीमा रहेको चितवन भने पहिलो जित निकाल्ने लक्ष्यका साथ उत्रँदै छ। सन्नी पटेल, बाबर हयात, रोहन मुस्तफाजस्ता विदेश खेलाडी भित्र्याएको चितवनमा  क्रिकेटका चर्चित खेलाडीहरु रहने छन्।

गत संस्करणको पिपिएलमा चितवनलाई हराउँदै पोखराले उपाधि जितेको थियो।

खेल पोखरा रंगशालामा साढे ११ बजे शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell