PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

नेकपा इलामले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज



पहिलोपोस्ट

नेकपा इलामले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज

इलामः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरेको छ।  नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएका हुन्।

निर्णय अनुसार इलाम नगरपालिकाको इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना चयन भएका छन्। यस्तै, सूर्योदय नगरपालिकाका इञ्चार्जमा तेजबहादुर राई, सहइञ्चार्ज आरबी राई र नरेश तामाङ चयन भएका छन्। यस्तै, देउमाई नगरपालिकाको इञ्चार्जमा शान्ता बस्नेत, सहइञ्चार्ज सूर्य पोखरेल र गोविन्द न्यौपाने, माई नगरपालिकाका इञ्चार्जमा महेश बस्नेत, सहइञ्चार्जमा बुद्धि खनाल र  दीपक सिन्चुरी रहेको नेकपाले जनाएको छ।

यसैगरी गाउँपालिकामध्ये चुलाचुली गाउँपालिकाका इञ्चार्जमा ओमनारायण खनाल, सहइञ्चार्ज विन्दु विश्वकर्मा र न्युसन राई, माङ्सेबुङ गाउँपालिकाका इञ्चार्जमा किरणकुमार राई, सहइञ्चार्जमा तारा पौडेल रहेकाक छन्। फाकफोकथुम गाउँपालिकाका इञ्चार्जमा राजकुमार थापा, सहइञ्चार्जमा छत्र सुब्बा, सन्दकपुर गाउँपालिकाका इञ्चार्जमा उमेश गुरुङ, सहइञ्चार्जमा याम राई र भोजप्रसाद खतिवडा चयन गरिएको नेकपाका कार्यालय सचिव नवराज शंकरले जानकारी दिए।

माईजोगमाई गाउँपालिकाको इञ्चार्जमा कुवीरमान राई, सहइञ्चार्जमा जीतबहादुर राई र दाताराम सञ्जेल, रोङ गाउँपालिकाका इञ्चार्जमा चित्रकला बराइली, सहइञ्चार्जमा देवकुमार राई र विष्णुमाया खवास चयन भएकाक छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell