PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यस वर्षको डिएससी पुरस्कार बागचीको 'हाफ द नाइट इज गन'लाई



विष्णु गौतम

यस वर्षको डिएससी पुरस्कार बागचीको 'हाफ द नाइट इज गन'लाई

पोखरा : अमिताभ बागचीको उपन्यास 'हाफ द नाइट इज गन' (आधा रात बितिसक्यो) ले सन् २०१९ को डिएससी प्राइज फर साउथ एसियन लिटरेचर (डीएससी) दक्षिण एसियाली पुरस्कार हात पारेको छ। यसको घोषणा पोखरामा चलिरहेको आइएमई नेपाल साहित्य महोत्सव २०७६ को विशेष पुस्कार वितरण समारोहमा भएको हो। 

साहित्यप्रेमी, लेखक र सञ्चारकर्मी माझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र डिएससी पुरस्कारकी सह–संस्थापक सुरिना नरुलाले उक्त पुरस्कार हस्तान्तरण गरे। डिएससी पुरस्कारले दक्षिण एसियाली जनजीवनका विविध पत्र केलाउने विविधता पूर्ण आवाजहरुलाई प्रोत्साहन गर्ने गर्छ। अमिताभ बागचीको उपन्यासमा भारतका तीन पुस्ताको सम्बन्ध अनिभाग्य र संस्कृतिको अन्र्तसम्बन्धलाई विशुद्ध भारतीय परिवेशमा अवस्थित गर्न सफल भएको छ। उपन्यासले मिहिन विवरणमा दिएको ध्यान, भाषाको आविष्कार शील प्रयोग र यसका अविस्मरणीय पात्रले यसलाई श्रेष्ठ कृति बनाएका छन्। 

पुरस्कारका लागि हाफ द नाइट इज गन (जगरनट बुक्स, भारत), जमिलजान कोचाईः ९९ नाइट्स इनलोगार (ब्लुम्स्बेरी सर्कस, ब्लुम्स्बेरी, भारत र भाइकिङ, पेन्गुइन र्‍यान्डमहाउस, अमेरिका), माधुरी विजयः द फार फिल्ड (ग्रोभ प्रेस, ग्रोभ एटलान्टिक, अमेरिका), मनोरञ्जन व्यापारीःदेयर इज गनपाउडर इन द एयर (बंगालीबाटअरुनाभासिन्हाको अनुवाद, एका, अमेजन वेस्टल्याण्ड, भारत), राजकमल झाः द सिटीएण्ड द सी –ह्यामिश ह्यामिल्टन, पेन्गुइन र्‍याण्डम हाउस, भारत), र सदिया अब्बासः द एम्प्टी रुम (जुबान पब्लिशर्स, भारत) पुरस्करका लागि छनोट सूचीमा परेको थियो।

डिएससी पुरस्कार २०१९ को पाँच–सदस्यीय अन्तर्राष्ट्रिय निर्णायक मण्डल र उत्कृष्ट छनौटको सुचीमा परेका लेखकहरु समारोहमा उपस्थित थिए। लेखकहरुले आ–आफ्ना उपन्यासका अंशवाचन गरे। गत वर्षहरुमा यो पुरस्कार श्रीलंका, बंग्लादेश र भारतमा घोषणा भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell