पोखरामा जारी पोखरा प्रिमियर लिगको आजको खेलमा साविक विजेता पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनायो। पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए। उनले ३९ बलमा ३ चौका र ३ छक्काको मद्धतले ४५ रन जोडेका हुन्। उनी बाहेक कुशल मल्लले १३ रन बनाउँदा आशिफ शेख, राशिद खान र रभिइन्दर सिहंले समान १०/१० रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
पोखरालाई सस्तैमा समेट्न सन्नि पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २/२ विकेट लिए।
चितवन केहीबेरमा ब्याटिङमा उत्रँदै छ।