PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई विशेष अदालतले सुनायो मृत्युदण्डको सजाय



पहिलोपोस्ट

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई विशेष अदालतले सुनायो मृत्युदण्डको सजाय

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। उच्च अदालतका प्रधानन्यायाधीश वाकर अहमद सेथको नेतृत्वमा बनेको तीन सदस्यीय इजलासले मुशर्रफलाई मृत्युदण्ड सुनाएको हो।

उनलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको पाकिस्तानी सञ्चारमाध्यम डन डट कमले उल्लेख गरेको छ। यसको विस्तृत फैसला ४८ घण्टाभित्र सार्वजनिक गर्ने बताइएको छ। मुशर्रफलाई सन् २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अभियोगमा मृत्युदण्ड सुनाएको हो।

पूर्वसैनिक प्रमुखसमेत रहेका ७६ वर्षीय मुशर्रफ उपचारको लागि भन्दै युएईको दुबईमा बस्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell