PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

एक दशकपछि बलिउडमा 'कमब्याक' गर्दै शिल्पा शेट्टी



पहिलोपोस्ट

एक दशकपछि बलिउडमा 'कमब्याक' गर्दै शिल्पा शेट्टी
Photo : hindustantimes.com

मुम्बई : बलिउड अभिनेत्री शिल्पा शेट्टी यति बेला फिल्म 'निकम्मा'को सुटिङमा व्यस्त छिन्। लामो समयको अन्तरालपछि उनी बलिउडमा कमब्याक गर्दैछिन्। 

विवाह गरेपछि फिल्म क्षेत्रबाट टाढिएकी शिल्पा एक दशकपछि फिल्म निकम्माबाट बलिउडमा कमब्याक गर्न लागेकी हुन्। २००९ सालमा राज कुन्द्रासँग विवाह गरेपछि शिल्पा एकाएक फिल्म क्षेत्रबाट टाढिएकी थिइन्।

त्यसो त उनी अभिनित फिल्म 'निकम्मा'को रिलिज डेट तय भएको छ। सब्बीर खान निर्देशित 'निकम्मा' २०२० जुन ५ मा रिलिज हुनेछ। फिल्ममा शिल्पा शेट्टीसँगै अभिमन्यु दासानी र शिर्ले सेतियाको मुख्य भूमिका रहेको छ। 

भारतीय ट्रेन्ड एनालिस्ट तरुण आदर्शले ट्वीटरमा फिल्मको फस्ट लुक शेयर गरेका छन्। जसमा अभिनेता अभिमन्यु र अभिनेत्री शिर्लेलाई फिचर्ड गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell