PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विद्या भट्टराईले लिइन् सांसदको शपथ, यस्तो देखियो शपथ समारोह

विद्या भट्टराईले लिइन् सांसदको शपथ, यस्तो देखियो शपथ समारोह

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधि सभामा हालै निर्वाचित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन्। गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराईलाई उपसभामुख डा शिवमाया तुम्बहाम्फेले शपथ ग्रहण गराएकी हुन्।

भट्टराईले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार बढी मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन्। भट्टराईले २४ हजार ३ सय ९४ मत  ल्याउँदा खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए।

भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell