PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

शहीद स्मारक ए डिभिजन लिग: एनआरटीको फराकिलो जित



पहिलोपोस्ट

शहीद स्मारक ए डिभिजन लिग: एनआरटीको फराकिलो जित

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको आजको पहिलो खेलमा एनआरटीले सरस्वती क्लबमाथि ४ - ० को फराकिलो जित निकालेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा एनआरटीले पहिलो हाफमै १ गोलको अग्रता बनाएको थियो। खेलको ३५ औं मिनेटमा विदेशी खेलाडी जुनियर ओन्गुएनेले गोल गर्दै अग्रता एनआरटीलाई अग्रता दिलाए।

दोस्रो हाफमा एनआरटीले थप ३ गोल थप्यो। खेलको ६९ मिनेटमा, ८१ मिनेटमा  र खेलको अन्तिम मिनेटमा गोल गर्दै एनआरटीले जित सुनिश्चित गर्‍यो।

गत सिजन फितलो प्रदर्शन गरेको एनआरटीले यसपटक भने खेल सुधार्दै पहिलो खेलबाटै सुखद सुरुवात गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell