PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

पिपिएल : पोखरालाई हराउँदै चितवनको सुखद सुरुवात, बाबर हायतको उत्कृष्ट अर्धशतक



पहिलोपोस्ट

पिपिएल : पोखरालाई हराउँदै चितवनको सुखद सुरुवात, बाबर हायतको उत्कृष्ट अर्धशतक

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगको आजको खेलमा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चितवनले १४ दशमलव ५ ‌ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

चितवनका लागि बाबर हयातले सर्वाधिक अभिजित ६६ रन बनाउँद सन्नी पटेलले अभिजित २२ रन बनाए। त्यस्तै रोहन मुस्तफाले ११ रन बनाएका थिए।

पोखराका लागि राशिद खान र सर्वजित लाद्दाले समान २/२ विकेट लिए पनि चितवनलाई जितबाट रोक्न सकेनन्।

यसअघि पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाएका थिए। उनले ३९ बलमा ३ चौका र ३ छक्काको मद्धतले ४५ रन जोडे। उनी बाहेक कुशल मल्लले १३ रन बनाउँदा आशिफ शेख, रवि इन्दर सिहं र रासिद खानले समान १०/१० रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

पोखरालाई सस्तैमा समेट्न सन्नि पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २/२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell