PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

धनगढी विमानस्थलको धावनमार्ग 'ओभरले' सकियो, भोलिबाट नियमित उडान



एम बम

धनगढी विमानस्थलको धावनमार्ग 'ओभरले' सकियो, भोलिबाट नियमित उडान

कैलाली : गत वैशाखबाट थालिएको धनगढी विमानस्थल स्तरोन्नतिको काम ८० प्रतिशत सम्पन्न भएको छ। विमानस्थल प्रमुख तेज बहादुर बुड्थापाका अनुसार १८ सय मिटर लामो र ६० मिटर चौडाइ रहेको विमानस्थलको धावन मार्ग 'ओभरले'को काम सम्पन्न भएको छ।

धावन मार्गलाई थप २/२ मिटर चौडा बनाउने र पार्किङ क्षेत्र विस्तारको काम भने जारी रहने छ। गत जेठमा पहिलो चरण अन्तर्गत विमानस्थल बन्द गरेर धावन मार्ग मर्मतको काम गरिएको थियो। त्यसपछि वर्षाले अवरुद्ध बनेको काम मंसिर १ गतेदेखि विमानस्थल आंशिक बन्द गरेर थालिएको थियो। यो एक महिनाको अवधिमा 'ओभरले' हुन बाँकी ४ सय २० मिटर धावन मार्ग 'ओभरले' गरिएको बुड्थापाले बताए।

धावनमार्ग 'ओभरले' पछि अब २/२ मिटर चौडाइ विस्तार र पार्किङ क्षमता समेत बढाउने गरी अन्य काम भने जारी छ। 

भोलिबाट नियमित उडान

विगत एक महिनादेखि आंशिक मात्रै खुल्ला गरिएको विमानस्थल आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ। पूर्ण रुपमा सञ्चालनमा आएसँगै उडान समेत भोलिबाट नियमित हुने भएका छन्।

श्री एयरलाइन्स धनगढीका स्टेसन इन्चार्ज गजेन्द्र शाहीले विमानस्थल पुनः सञ्चालन भएपछि नियमित हवाई हुने जानकारी दिए।
शाहीले आज धनगढीबाट पहिलो उडान बिहान सवा नौ बजे नै भएको बताए। यस्तै दोस्रो उडान दिउँसो साढे २ बजेको लागि तय भएको थियो। चन्दले भोलिदेखि दोस्रो उडान साबिककै समय दिउँसो तीन बजेर २५ मिनेटमा हुने जानकारी दिए।

यसै गरी बुद्ध एयरलाइन्सका धनगढी स्टेसन इन्चार्ज बुद्धराम माझीले पनि आजदेखि नियमित उडान थालिएको जानकारी दिए। उनले भोलि र पर्सी विशेष कारणवश पहिलो उडान दिउँसो १२ः५ र दोस्रो उडान साँझ ५ः४५ मा हुने बताए। तर शुक्रवारदेखि भने साबिककै कार्य तालिका अनुसार उडान भर्ने जनाए। उनले शुक्रवारदेखि बिहान १०ः४० र साँझ ५ः४५ मा धनगढीबाट उडान भर्ने बताए।

यसअघि विमानस्थल एक महिनाका लागि दिउँसो तीन देखि बिहान ७ वजे सम्म बन्द हुने गरेको थियो। एयरलाइन्स कम्पनीले पनि साँझ हुने उडान दिउँसो गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell