काठमाडौं : गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलवार संस्थानका प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई संस्थानको कार्यालयबाट नै नियन्त्रणमा लिइएको हो। उनीहरुले काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको जग्गाको मुद्दामा घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।