PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

शहीद स्मारक लिग : नेपाल पुलिस र हिमालयन शेर्पा क्लब गोलरहित बराबरीमा रोकिए



पहिलोपोस्ट

शहीद स्मारक लिग : नेपाल पुलिस र हिमालयन शेर्पा क्लब गोलरहित बराबरीमा रोकिए

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा क्लब गोलरहित बराबरीमा रोकिएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोल गर्न सकेनन्। पहिलो हाफमा पुलिस केही आक्रामक देखिए पनि दोस्रो हाफमा खासै राम्रो अवसर बनाउन सकेन।

दुवै टिम खेलमा फिनिसिङमा चुक्दा खेल फितलो देखिएको थियो। घरेलु लिगमा उपाधिको दाबेदार मानिने नेपाल पुलिसले आज समग्रमा कमजोर प्रदर्शन गर्‍यो। प्रतियोगिता अघि पुलिसका सिनियर खेलाडी भोला सिलवालले प्रशिक्षकको कमी महसुस भएको बताएका थिए।

आजै भएको पहिलो खेलमा एनआरटी क्लवले सरस्वती युथ क्लवमाथि ४-० को फराकिलो जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell