PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेतृत्वलाई घनश्याम भुसालको सुझाव, 'उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौँ'



कुञ्जरमणि भट्टराई

नेतृत्वलाई घनश्याम भुसालको सुझाव, 'उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौँ'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आज १३ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन्। स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि सोमबारबाट आफ्नो धारणा राखेका हुन्।

सोही क्रममा स्थायी कमिटी सदस्‍य घनश्याम भुसालले पनि आफ्नो धारणा राखे। भुसालले नेतृत्वलाई केही सुझाव पनि दिएका छन्। उनले उत्तेजना र आग्रहहीन हुन सुझाव दिएका छन्।

उनले भने, 'यी दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दैछौँ भन्ने देखिन्छ। कमरेडहरु! खासगरी नेतृत्वका कमरेडहरु! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौँ!'

समाजवादको राजनीति, अर्थतन्त्र र संस्कृतिको पुनरुत्पादनबाट मात्रै क्रान्तिले जित्ने उनले बताएका छन्।

'आजको कम्युनिस्ट पार्टीले पनि राष्ट्रिय पुँजी र समाजवादको राजनीति, अर्थतन्त्र र संस्कृतिको पुनरुत्पादन गर्नु पर्छ, र अझ बढी मात्रामा उत्पादन गरेर मात्रै क्रान्तिले जित्छ। नत्र दलाल पुँजीवादले कम्युनिस्ट पार्टी स्वयंलाई निलिदिनेछ। कमरेडहरु! गम्भिरतापूर्वक विचार गरौँ, हामी कता जादैछौँ!,' भुसालले भने।

त्यस्तै उनले केन्द्रिय कमिटीको आगामी बैठकभन्दा अघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यका बीच ५/७ दिनको कार्यशाला आयोजना गर्न पनि सुझाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell