PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

पछि सर्‍यो फिल्म 'लक्का जवान'को रिलिज डेट



पहिलोपोस्ट

पछि सर्‍यो फिल्म 'लक्का जवान'को रिलिज डेट

काठमाडौं : फिल्म 'लक्का जवान'को रिलिज डेट परिवर्तन भएको छ। चैत ७ गतेदेखि प्रदर्शनमा आउने भनिएको सो फिल्म अब चैत २१ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।

आमा बंगलामुखी फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई हाँस्य कलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन्। पौडेलले 'लक्का जवान'बाटै निर्देशनमा डेब्यु गर्दैछन्।

लक्का जवानमा किरण केसी, दिलिप रायमाझी, शिवहरी पौडेल, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मको निर्माता किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्माता छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell