PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

करौडौं रुपैयाँ पर्ने कोकिनसहित बेलिभियन महिला प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

करौडौं रुपैयाँ पर्ने कोकिनसहित बेलिभियन महिला प्रहरीको नियन्त्रणमा

काठमाडौ : प्रहरीले अवैध लागुऔषध कोकिनसहित एक विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले मंगलवार तीन केजी कोकिनसहित ४१ वर्षीय बोलिभियन नागरिक हेर्रा अर्तेगा ओलगालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। राहदानी नम्बर सिइ २८०७२ भएका उनी फ्लाई दुबईको विमानमार्फत काठमाडौं आएकी थिइन्।

'हामीले विषेश सूचनाको आधारमा नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ,' व्यूरोका एसपी वीरेन्द्र बस्यालले भने।

उनको सुटकेशभित्र उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यसअघि पनि प्रहरीले आइभेरिकोष्टका एक नागरिकलाई १ किलो ६ सय ग्राम कोकिन सहित नियन्त्रणमा लिएको छ।

प्रहरीले बरामद गरेको कोकिनको अन्तराष्ट्रिय मूल्य १० करोड भन्दाबढी हुन आउँछ। तर कोकिनको बजार मूल्य भने त्यसको गुणस्तर अनुसार विभिन्न देशमा फरक पर्ने गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell