PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

चीनले नेपाल प्रहरीलाई दियो २३ वटा मोटरसाइकल



पहिलोपोस्ट

चीनले नेपाल प्रहरीलाई दियो २३ वटा मोटरसाइकल

काठमाडौं : चीनले नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग गरेको छ। नेपालस्थित चीनको राजदुतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैयाँ बराबरको मोटरसाइकल सहयोग गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलवार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका सचिव वाङ सियाओ लोङले उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन्। सो अवसरमा वाङले महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सिसिटिभी कक्षको अवलोकन भ्रमण समेत गरेका थिए।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गरे। उपलब्ध भएका मोटरसाइकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell