PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

स्थायी कमिटी बैठकमा शाक्य र भुसालको माग : महिलालाई पनि सचिवालयमा लैजानुपर्‍यो



पहिलोपोस्ट

स्थायी कमिटी बैठकमा शाक्य र भुसालको माग : महिलालाई पनि सचिवालयमा लैजानुपर्‍यो
फाइल फोटो (रासस)।

काठमाडौं : आइतवारबाट शुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि छलफल भइरहेको छ।

राजनीतिक प्रतिवेदन र विधान संशोधनमाथि स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्। स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्न २० मिनेटको समय पाएका छन्।

बैठकमा स्थायी कमिटी सदस्यद्वय अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले आज संयुक्त रुपमा लिखित प्रस्ताव पेश गरे।

सोमवार मौखिक रुपमा आफ्नो धारणा राखेका शाक्य र भुसालले महिलालाई पनि सचिवालयमा लैजानुपर्ने माग गरे। उनीहरुले ९ जना सदस्य रहेको सचिवालयमा महिलासहित १५ जना बनाउन सुझाव दिएका छन्।

शाक्यले भनिन्, 'पम्फा कमरेड र मैले सचिवालयलाई महिलासहित १५ सदस्यीय बनाउनु पर्ने लिखित माग पेश गरेका छौं।'

पार्टी विधान संशोधन गरेर वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पेश गर्दा केन्द्रीय तहमा मात्रै नभएर तल्ला कमिटीहरुमा पनि उपाध्यक्ष राख्नुपर्ने उनीहरुको माग छ।

'पार्टी केन्द्रमा उपाध्यक्ष बनाउने हो भने तल्ला कमिटीमा पनि उपाध्यक्ष बनाउनुपर्छ। त्यस्तै अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला रहनुपर्छ भनेका छौं,' शाक्यले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell