PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

बढ्यो डिजेल र मट्टीतेलको भाउ



रासस

बढ्यो डिजेल र मट्टीतेलको भाउ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ। निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए।

उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिए। निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै राखेको उनले जानकारी दिए।

निगमले यसअघि गत मंसिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो। उनका अनुसार मूल्य समायोजन गरेपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २०.४१ रुपैयाँ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १७.१६ रुपैयाँ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell