PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा दर्ता



रासस

पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा दर्ता
फाइल फोटो।

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार संकलनका क्रममा खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो। गत मंसिर २४ मा साग समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटपिट गरेको थियो।

मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कुटिएका खेल पत्रकार चापागाईंले दमनमा उत्रेका प्रहरीविरुद्ध कुटपिट मुद्दा दर्ता गरेका हुन्। मुलुकी अपराध संहितामा कुटपिट मुद्दामा तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। सोही कारबाहीको माग मुद्दामा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell