PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल र ग्यासमा यथावत



पहिलोपोस्ट

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल र ग्यासमा यथावत

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। मंगलबार रातिबाट लागू हुनेगरी निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ। पेट्रोल, हवाई इन्धन र खाना एलपी ग्यासको मूल्य भने यथावत छ। 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।

नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य डिपो र बिक्री बिन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र ९८ रुपैयाँ प्रतिलिटर कायम भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell