PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

पोखरा प्रिमियर लिगमा आज २ खेल हुँदै, पहिलो जितको खोजीमा काठमाडौं र बिराटनगर



पहिलोपोस्ट

पोखरा प्रिमियर लिगमा आज २ खेल हुँदै, पहिलो जितको खोजीमा काठमाडौं र बिराटनगर

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगमा आज २ खेल हुँदैछन्।

 पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजसँग खेल्ने छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं आजको खेलमा जित्नै पर्ने दवावमा हुनेछ। यसअघिका आफ्ना २ खेल गुमाएको काठमाडौंलाई आफ्नो पहिलो जित आवश्यक रहने छ। काठमाडौं आफ्नो पहिलो खेलमा साविक विजेता पोखरा पल्टनसँग पराजित भएको थियो भने दोस्रो खेलमा बुटवल ब्लास्टरसँग सुपरओभरमा पुगेर पराजित भएको थियो।

धनगढी ब्लुज भने आफ्नो दोस्रो जितको खोजिमा रहने छ। पहिलो खेलमा विराटनगरलाई पराजित गर्दै धनगढीले सुखद सुरुवात गरेको थियो।

पोखरा र काठमाडौंबीच खेल बिहान ९ बजे शुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा पोखरा पल्टन र बिराटनगर टाइटन्स भिड्नेछन्। यसअघि आफ्नो पहिलो खेलमा पराजित भएको बिराटनगर आज पहिलो खेल जित्ने लक्षका साथ उत्रने छ। अर्को तर्फ १ जित र १ हार ब्यहोरेको पोखरा आज दोस्रो जित निकाल्दै अगाडिको यात्रा सुनिश्चित बनाउन चाहन्छन।

पोखरा र बिराटनगरबीच दिउँसो पौने १ बजे खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell