PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

पिपिएल : ज्ञानेन्द्र मल्लको शतकमा काठमाडौंको पहिलो जित



पहिलोपोस्ट

पिपिएल : ज्ञानेन्द्र मल्लको शतकमा काठमाडौंको पहिलो जित

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन वारियर्सले पहिलो जित निकालेको छ। शुरुवाती २ खेलमा पराजय भोगेको काठमाडौंले आज धनगढी ब्लुजलाई १ सय ६ रनले हराउँदै पहिलो जित हात पारेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले आक्रामक शतक बनाए। उनले ३८ बलमा ८ चौका र ९ छक्काको सहायतामा शतक प्रहार गरे। यो सँगै पिपिएलमा शतक हान्ने उनी पहिला खेलाडी बनेका छन्।

त्यसबाहेक जयकिशन कोल्सावालाले ४६ रन बनाउँदा अमित श्रेष्ठले ३४ रन बनाए।

यता धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिए।

१८६ रनको विसाल लक्ष लिएर जवाफी ब्याटिङमा उत्रिएको धनगढीको ब्याटिङ फितलो रह्यो। श्रीमन्था विजयारत्नेको १५ रन र रोड्रगो थोमसको १० रन बाहेक धनगढीका अरु ब्याट्सम्यान चल्न सकेनन्।

काठमाडौंका बसन्त रेग्मीले ३ विकेट लिँदा पवन सर्राफ र सुवोध भाटीले समान २/२ विकेट लिए। त्यस्तै अमृत भट्टराई र शुसन भारीले समान १/१ विकेट लिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell