
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा थ्री स्टार क्लब र जाउलाखेल युथ क्लव गोलरहित बराबरीमा रोकिएका छन्।
एन्फा कम्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेल गोलरहित बराबरीमा रोकिएको हो। खेलको शुरुवातमा दुवै टोली आक्रामक देखिएका थिए। यद्यपी दुवै टोलि फिनिसिङमा चुक्न पुगे।
बराबरीमा रोकिएसँगै दुवै टोलीले अंक बाँडेका छन्। आजको दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लब र बिभागिय टिम एपीएफबीच त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा खेल हुनेछ।