PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

नेपालको जस्तै विकट भुगोल भएको चेन्दु - युयाङमा चल्न थाल्यो बुलेट ट्रेन

नेपालको जस्तै विकट भुगोल भएको चेन्दु - युयाङमा चल्न थाल्यो बुलेट ट्रेन

पहिलोपोस्ट /पहिलोपोस्ट


युयाङ : सोमबार बिहान ८:२८ बजे एउटा बुलेट ट्रेन चीनको दक्षिणपश्चिम युहाउ प्रान्तको राजधानी युवाङबाट छुट्यो। पहाडी बाटो हुँदै यात्रा अगाडि बढाएको यो रेल सिचुवान प्रान्तको राजधानी चेन्दुमा पुगेरमात्र रोकिनेछ।

एक घन्टामा २ सय ५० किलोमिटर दुरी तय गर्ने यो रेलले ६ सय ४८ किलोमिटर लामो चेन्दु - युयाङ जोड्छ। देशव्यापी तीब्र गतिको रेल सञ्जाल बनाउने चिनियाँको महत्वकांक्षी योजनाभित्र पर्छ यो रुट।

दक्षिण पश्चिम चीनको दुई यातायात हवका रुपमा रहेका युयाङ र चेन्दुलाई रेलले जोडेपछि धेरै संख्यामा रहेका यात्रुले तीब्र गतिमा यात्रा गर्न सक्ने यो रेलवे नेटवर्कको प्रमुख डिजाइनर लि यीले भने।

'पर्यटन, खानी उत्खनन्, गरीबी निवारण तथा चीनको पश्चिमी क्षेत्र विकास गर्ने रणनीति पूरा गर्नका लागि यस रेलवेले विशेष महत्व राख्छ,' लिले भने।

पहाडी भेग भएकाले ६ सय ४८ किलोमिटर लामो रेलको ट्र्याकमध्ये ८५ प्रतिशत त अग्ला पुलहरु र सुरुङभित्र पर्छ।

'भौगोलिक अवस्थालाई हेर्ने हो भने यो हाइ स्पिड रेल चीनको हिमाली क्षेत्रको सबैभन्दा कठिन परियोजना हो,' चाइना रेलवे इयुआन इन्जिनियरिङ ग्रुपका डिजाइनर जेङ ताओले भने।

यो रेलवे पूर्ण रुपमा चीनको वातावरण मैत्री निर्देशिका लागू भएको परियोजनामा पर्छ। वातावरणीय प्रभाव न्युनिकरण र जंगली जनावर र बोटविरुवालाई क्षति नपुर्‍याइ आयोजना सम्पन्न भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell