काठमाडौं : कञ्चनपुरमा बलात्कार पछि हत्या भएको निर्मला पन्तको प्रकरणको विषयमा महान्यायाधीवक्ता अग्नि खरेलले 'विगतमा अनुसन्धानमा रहेका व्यक्ति फेरि अनुसन्धानको दायरामा रहेको' जानकारी दिएका छन्।
'सुरुमा धेरैतिरबाट किचलो गर्दा घटना बिग्रियो,' निर्मला पन्तलाई न्याय दिने विषयमाथि उठेको प्रश्नमा महान्याधीवक्ता खरेलले भने, 'हामी यसलाई अनुसन्धान गरिरहेका छौं। हिजो अनुसन्धानमा रहेका व्यक्तिहरु पनि फेरि अनुसन्धानको दायराभित्रै छन्।'
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको कार्यालयले ४ गतेबाट सुरु गर्ने लागेको सम्मेलनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा खरेलले निर्मला प्रकरणमा बैज्ञानिक प्रणाली तथा अझै वस्तुनिष्ट प्रमाणको आधारमा अनुसन्धान भइरहेको जानकारी दिए।
'विभिन्न व्यक्तिले बीच बीचमा हात हाल्दा यो मुद्दा कचिलो भएको हो,' उनले भने।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला प्रकरणमा प्रहरी मातहतमा रहेको विधिविज्ञान प्रयोगशालाले डिएनएको मात्र नपुगेका कारण रिपोर्ट प्रस्ट दिन नसकेको तर्क गरेका थिए। 'प्रयोगशालालाई सुधार गर्नुपर्ने अवस्था छ,' उनले भने, 'यहाँबाट आएको रिपोर्ट पूरै ठीक भन्ने होइन, त्यसलाई सुधार गर्छौं।'
महान्याधीवक्ता खरेल बलत्कारका केही घटना सरकरी अस्पतालले गतल रिपोर्ट दिएको प्रशंग समेत सुनाएका थिए। एउटै घटनामा एउटा अस्पतालले बलत्कार भएको रिपोर्ट र अर्कोले नभएको रिपोर्ट बुझाएको बताए।' कसले गलत रिपोर्ट दियो? किन दियो भन्ने कुरा छानविन गरि अनुसन्धानमा ल्याउनुपर्छ।'महान्याधीवक्ता खरेलले भने।