PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

रुप ज्योति पक्राउ प्रकरणको सन्दर्भमा महान्यायाधीवक्ता खरेलले भने : जाहेरी आउँदैमा पक्रिनु पर्दैन



पहिलोपोस्ट

रुप ज्योति पक्राउ प्रकरणको सन्दर्भमा महान्यायाधीवक्ता खरेलले भने : जाहेरी आउँदैमा पक्रिनु पर्दैन

काठमाडौं : व्यवसायी तथा पूर्व मन्त्री डाक्टर रुप ज्योति पक्राउ प्रकरणको सन्दर्भमा महान्यायाधीवक्ता अग्नि खरेलले 'जाहेर आउँदैमा प्रहरीले पक्राउ गरिहाल्न नहुने' तर्क गरेका छन्।

'मान्छे भाग्दैन, प्रमाण नष्ट गर्दैन, पोजिसनका नाममा केही हुँदैन भने पक्राउ नगरी अनुसन्धान गर्न सकिन्छ,' आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले डाक्टर रुप ज्योति पक्राउको सन्दर्भ उठाएपछि खरेलले भने, 'जाहेरी आउँदैमा वा पक्राउ गरेन भन्ने आरोप आउँदैछ भन्दैमा प्रहरीले पक्राउ गरिहाल्न पर्दैन।'

घटनाको वस्तुनिष्टता हेरी प्रहरी अगाडि बढ्नुपर्ने उनको तर्क थियो।

सिंगापुरबाट फर्किँदै गर्दा डाक्टर रुप ज्योतिलाई प्रहरीले ठगीको अभियोगमा विमानस्थलबाटै पक्राउ गरेको थियो। उनीमात्र होइन, प्रहरीले उनकी छोरीलाई समेत समातेको थियो।

पक्राउ पूर्जी जारी भएपछि सिंगापुरमा रहेका ज्योति नेपाल फर्किएका थिए। विरामीको निहुँ पारेर अस्पताल जान दिएको सुझाव नटेरी उनी हिरासतमै बसेका थिए। व्यवसायिक विवाद कानुनी प्रकृया भन्दा बाहिर नै सुल्झिएपछि उनी हिरासतमुक्त भएका थिए।

'डाक्टर रुप ज्योति पक्राउ परेको पनि हो, उहाँविरुद्ध जाहेरी आएको पनि हो,' महान्यायाधीवक्ता खरेलले भने, 'केही दिनपछि दुई पक्षबीच छलफल भएर सहमतिमा उहाँ छुट्नुभएको पनि हो।' खरेलले रुप ज्योति पक्राउ पर्नुपर्ने कारण के हिसाबले आएको हो तथा पक्राउ परिसकेपछि के कारण मिलेको हो भन्ने पनि केलाउनुपर्ने बताएका थिए।

यही विषय प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने प्रहरीको बचाउ गरेका थिए। 'ठगी मुद्दा आकर्षित भएकाले अदालतबाट अनुमति लिएर पक्राउ गरेका हौं,' खनालले भने, 'मिलापत्र भएपछि छोडिएको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell