PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रिचार्ज कार्डमा नम्बर मेटियो भने? अझै रिचार्ज हुनसक्छ, यस्तो छ उपाय



पहिलोपोस्ट

रिचार्ज कार्डमा नम्बर मेटियो भने? अझै रिचार्ज हुनसक्छ, यस्तो छ उपाय

काठमाडौं : तपाईँले लिनु भएको मोबाइलको रिचार्ज कार्डमा नम्बर मेटियो, के गर्नुहुन्छ? 

नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिए पनि रिचार्ज गर्न मिल्ने भएको छ। कम्पनीका अनुसार कम्तीमा ६ वटा नम्बर भने हुनुपर्नेछ। ग्राहकले कम्पनीको वेवसाइटबाट आफैंले रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।

कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर वेवसाइटमा उपलब्ध गराउनु पर्नेछ।

कम्पनीको पिन रिकभरीमा क्लिक गर्ने वा सिधै pinrecovery.ntc.np मा लग अन गर्नुपर्छ। रिचार्ज कार्डमा भएका १६ अंककापिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ।

कम्पनीका अनुसार देखिने पिन नम्बरलाई कार्डमा लेखिएकै अवस्थामा राख्नुपर्छर मेटिएको अंकमा * चिन्ह राख्नुपर्छ। नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १**४५*७***१२**५८ संरचना बमोजिम राख्नुपर्छ। यो प्रकृया बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ। कम्पनीका अनुसार १० पटक सम्म गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुने छैन। कम्पनीका अनुसार यस्तो अवस्थामा रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने हुन्छ। काउन्टरमा गएपछि यसको जाँच गरेर सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ।

कमसे कम ६ अंक पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्छ। यसअघि सबै प्रकारका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell