PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

राष्ट्रपति भण्डारीले नियुक्त गरिन् चार मुलुकका लागि गैह्रआवासीय राजदूत



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीले नियुक्त गरिन् चार मुलुकका लागि गैह्रआवासीय राजदूत
फाइल फोटो।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार चार मुलुकका गैह्रआवासीय राजदूत नियुक्त गरेकी छिन्। नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चार मुलुकका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई ब्रुनाई, थाइल्यान्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोडिया, लाओस र भियतनाम, राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि राजदूत भृगु ढुंगानालाई क्युबाको गैह्रआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell