PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

गोरु व्यापारमा सहयोग गरिदिन भन्दै प्रहरीलाई घुस दिने एकजना पक्राउ



रासस

गोरु व्यापारमा सहयोग गरिदिन भन्दै प्रहरीलाई घुस दिने एकजना पक्राउ

काठमाडौं : गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

रुपन्देही वसन्तपुर गाउँपालिका–४ का जहरुद्दीन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रमुख प्रहरी निरीक्षकलाई आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा १५ हजार रुपैयाँ घुस दिँदै गरेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै आयोगले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवलाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell