PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बुनिलाल हत्याको राज : अश्लील भिडियो बाहिरिने डरमा हत्या गराएको निधिले प्रहरीलाई दिइन् बयान



राधेश्याम पटेल

बुनिलाल हत्याको राज : अश्लील भिडियो बाहिरिने डरमा हत्या गराएको निधिले प्रहरीलाई दिइन् बयान
फाइल फोटो।

वीरगंज : कात्तिक ७ गते वीरगंजमा हत्या गरिएका बुनिलाल चौरसिया चर्चित काण्डको राज खुलेको छ। उक्त हत्या आर्थिक लेनदेनबाट शुरु भइ अनैतिक सम्बन्धको भिडियो सार्वजनिक गरिने डरको कारण भएको प्रहरीमा बयान दिइएको छ।

पर्सा प्रहरीको जाहेरीमा पुस १ गते पर्सा जिल्ला अदालतमा मुदा दर्ता भएपछि पक्राउ परेकाहरुको बयान शुरु भएको थियो। हाल प्रहरी समक्ष दिइएको बयानलाई पनि विश्लेषण गर्ने काम भइरहेको छ।

जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्साले हत्यामा पक्राउ तीन जना र फरार चारजना गरी सात जनाविरूद्ध कर्तव्य ज्यान, हातहतियार, संगठित अपराधको मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता रूद्रप्रसाद पन्थीले बताए।

मुद्दा दर्तापछि ६ नम्बर बेन्चमा बयान शुरू भएको हो। न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयान शुरू भएको र बयान सकिएपछि थुनछेक बहस हुनेछ।

पर्सा प्रहरीले बुनिलाल हत्या प्रकरणमा प्रयोग गरिएको कटुवा बन्दुक २, त्यसमा प्रयोग हुने गोली २ र खोका २ थान तथा बुनिलालको शव लैजान प्रयोग गरिएको बा ४४ प ६८७८ नम्बरको स्कुटरसमेत अदालतमा पेश गरेको छ।

प्रहरीले दीपककिशोर अग्रवाल, उनकी पत्नी निधि अग्रवाल र बारा, इटियाही घर भई हाल वीरगंज-६ बस्ने जग्गा कारोबारी प्रेमचन्द साहलाई घटना सम्लग्न रहेको अभियोगमा पक्राउ गरेको थियो। हत्याकाण्डमा संलग्न निधि अग्रवालका भाई भारत झरखण्डकाका सौरभ तुलस्यान, निजका साथी विक्की, रञ्जित झा र सगम विरूद्ध पनि सोही अपराधको मुद्दा दायर गरेको छ। हत्या गरी भारतीय चार जना फरार भएकाहरुलाई प्रहरीले हाल सम्म पक्राउ गर्न सकेको छैन।

साँझको समयमा ऋणको ब्याज दिने भनेर गहवामाई मन्दिरको सय मिटर पूर्वमा रहेको दीपककै घरमा बुनिलालको गोली प्रहार गरी कात्तिक ८ गते विहान करिब ५ वजेतिर हत्या गरिएको प्रहरीले जनाएको छ। उनको शव स्कूटीमा राखेर नगवा पोखरीको डिलमा प्लाष्टिको बोरामा पोको पारेर फालिएको थियो।

भिडियो भाइरल हुने डरले हत्या

प्रहरीसँग निधिले दिएको बयानमा बुनिलालसँग रकम लेनदेनबाट शुरु भएको सम्बन्ध यौन दुर्व्यवहार गरी भिडियो सार्वजनिक गर्ने बुनिलालले धम्काएपछि हत्या गराएको खुलेको छ।

निधिले बुनिलालसँग सापटी लिएको र सो रकम फिर्ता गरेपछि कपाली तमसुक फिर्ता नगरेको बयानमा उल्लेख छ। तमुसुक दिने निहुमा आफूलाई वीरगंजबाहिर लगेर यौन दुर्व्यवहार गरी बुनिलालले बनाएको भिडियो भाइरल बनाइदिने भन्दै ब्ल्याकमेलिङ गर्न खोजेको निधिले आफनो बयानमा उल्लेख गरेकी छिन्। सोही कारणले भाई र उनका साथीलाई बोलाएर हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले प्रस्तुत गरेको बयानमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell