A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a8e2680a66f27.49014763): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a8e2680a66f27.49014763,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a8e2680ac5071.91946063): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a8e2680ac5071.91946063,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

जहाँ महिलालाई अघि बढ्नै रोकिन्छ, 'त्यहाँ पहिलो महिला सिडिओ'
PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

जहाँ महिलालाई अघि बढ्नै रोकिन्छ, 'त्यहाँ पहिलो महिला सिडिओ'



पहिलोपोस्ट

जहाँ महिलालाई अघि बढ्नै रोकिन्छ, 'त्यहाँ पहिलो महिला सिडिओ'

  • फूलमाया पुरी-

अध्यागमनबाट हुम्ला सदरमुकाम सिमीकोट पुगेको केही दिनमै विनीता भट्टराईको यात्रा गाउँतिर सोझियो।

सुर्खेतमा सहायक प्रमुख जिल्ला अधिकारी रहिसकेकी विनीता प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएर गत साउन ८ गते सिमीकोट पुगेकी हुन्। हुम्ला पुगेपछि उनको जिम्मेवारी बढ्यो। समस्या बुझ्न र तिनको समाधान खोज्न गाउँगाउँ जानुपर्ने भयो।

हुम्लाका गाउँ पुग्न सहजता छैन। पैदलै पुग्नुपर्छ।

कोदो कुटिरहेका दिदीबहिनी विनीतालाई देखेर कानेखुसी गर्छन्, 'कठै कसैकी छोरी सिडिओ भई, म खै क्या भयाँ।'

यही कुराकानीले दंग पार्‍यो विनीतालाई। अनि गर्विलो महसुस पनि गरायो। सँगै चिन्ताले पनि घेर्न थाल्यो। आफूलाई हेरेर लोभिएका ती महिलाले सामाजिक अवस्थाको प्रतिविम्वित गराइरहेका छन्।

त्यो समाज जहाँ उनी प्रमुख बनेर कार्यरत छिन्। जहाँ महिला आफूजस्तै महिलाको प्रगति देखेर लोभिन्छन्। तर उनीहरूलाई त्यो पथ हिँड्न अप्ठ्यारो छ। त्यहाँको सामाजिक संरचनाले छेक्छ। समाजले तोकिदिएको जिम्मेवारीले रोक्छ। उनको प्रश्न छ, समाजको मानक कसले फेरिदिने? त्यही परिवर्तनको अठोट लिएर विनीता काम गरिरहेकी छिन्।

जहाँ बच्चा र महिलालाई मान्छे गनिन्न्

'सुर्खेतमा पनि बसेँ। कर्णालीमा ओभरअल बच्चा र महिलालाई मान्छेमा गणनै गर्दैनन्। खेतको काम गर्ने। रोप्ने, काट्ने, बाली भित्र्याउने। बालबच्चा हेर्ने। घरभित्रको सबै जिम्मेवारी महिलाले नै हेर्नुपर्छ। पुरुषले चाहिँ सक्यो भने कमाउने।' भट्टराईले त्यहाँको वस्तुस्थिति सुनाइन्।

यही कारणले पनि महिलाका प्रशासनिक कामलाई प्राथमिकता राख्छिन् उनी।

महिलालाई अगाडि बढ्नबाट पुरुषले रोकेको दृश्य उनले आफ्नै कार्यकक्षमा भोगेकी छिन्।

'एक पटक नागरिकता बनाउन आएका थिए श्रीमान/श्रीमती। मैले दुबैलाई नागरिकताबारे बुझाएँ। श्रीमतीले झट्टै बुझिन्। तर श्रीमानले चाहिँ बुझेनछन्। त्यसपछि ती महिलाले आफ्ना श्रीमानलाई बुझाउन खोजिन्। तर श्रीमानले 'तैँले मलाई सिकाउने भन्दै' मेरै अगाडि हप्काए,' उनले भनिन्, 'सायद मलाई देखेर हुनुपर्छ ती महिला भन्दै थिइन् - महिला पनि के कम।'

जुन लगनशीलता उनले प्रजिअ बन्न देखाइन्, जति मेहनत गरिन् त्यति नै मेहनत आफ्नो जिम्मेवारी पूरा गर्न पनि खर्चिरहेकी छिन्।

अहिले हुम्लाको हरेक गाउँमा पढाई र लक्ष्यको बाटो सबैका लागि उस्तै फराकिलो बनोस् भनेर खटेकी छिन्।  

सरकारी सेवाको सुरुमै सकस

जनसंख्यामा स्नातकोत्तर सकियो। पढाइपछि उनको योजना कतै घुम्न जाने वा विवाहको थिएन। बरु लोकसेवाको तयारी थालिन् - मेहनतका साथ।

मेहनतको नतिजा राम्रै आयो। पहिलोपटक दिएको परीक्षामै उनी लोकसेवाका लागि उत्तीर्ण भइन्। २०६३ सालमा शाखा अधिकृत भइन्। तर, अधिकृत हुनु 'सरकारी जागिर, लाइफ सेटल’ भन्ने सोचभन्दा गाह्रो रह्यो। पहिलो कार्यकाल नै सोलुखुम्बु। त्यहाँ उनी निर्वाचन कार्यालय प्रमुख नियुक्त भएर पुगेकी हुन्।

'म त तराईमा जन्मे, हुर्केको मान्छे। पहाडमा हिँडडुल गर्ने बानी थिएन। त्यहाँ पुगेर एडजस्ट हुनु नै पहिलो चुनौती थियो। सबै अनुभव अनौठा। यी सबै कारणले काम पनि असहज रह्यो’, सर्लाहीको लालबन्दीमा जन्मिएकी उनले सुनाइन्। 

विनीता सोलुखुम्बु पुग्दा जनआन्दोलन भर्खरै सकिएको थियो। सरकार र विद्रोही पक्षबीच शान्ति सम्झौता भए पनि प्रभाव सकारात्मक थिएन। त्यही बेला संविधानसभाको चुनाव नजिकिँदै थियो। निर्वाचन कार्यालय प्रमुख बनेर पुगेकी भट्टराईसामु सबै पक्षलाई मिलाएर अघि बढ्ने चुनौती थियो।

'दलहरू सानो विषयलाई ठूला बनाउँथे। तिललाई पहाड झैं। अनुभवको कमीले त्यस्ता अवस्थासँग डिल गर्न गाह्रो बनाउँथ्यो। कसैसँग साथ, सहयोग माग्न पनि गाह्रो थियो। सञ्चार सुविधा अहिले जस्तो सहज थिएन। मोबाइल परको कुरा। कसलाई कसरी फोन गर्नु?’, विनीता समस्या सुनाइन्।

ल्यान्डलाइन फोनको सुविधा त थियो। तर उनी बस्ने ठाउँबाट पाँच घण्टा हिँडेपछि पुगिने ठाउँमा। त्यसैले कुनै पनि निर्देशन तत्काल दिन र काम गर्न सम्भव नै नभएको बताउँछिन् उनी।

सोलुखुम्बु जिल्लामा उनी आठ महिना रहिन्। त्यसपछि उनको सरुवा काठमाडौँ भयो, लोकसेवा आयोग केन्द्रीय कार्यालयमा। त्यहाँ उनले बढुवा उजुरी शाखामा साढे तीन वर्ष काम गरिन्।

कोरियामा कोर्सपछि पदोन्नति

सोलुखुम्बुको कार्यकालको तुलनामा काठमाडौँको बसाइ केही सहज भयो। काम सँगसँगै उपसचिव पदका लागि तयारी थालिन्। परीक्षा पनि दिइन्। परीक्षा दिएर अध्ययन बिदा लिइन् र २०६८ मा डेभलपमेन्ट कोर्स पढ्न दक्षिण कोरिया गइन्। त्यहाँ उनले एक वर्ष ६ महिना बिताइन्। उनी नेपाल फर्कनु र उपसचिव पदका लागि नाम निस्कनु सँगसँगै भयो।

उपसचिव पदमा भट्टराईको कार्यकाल राष्ट्रिय योजना आयोगबाट सुरु भयो। एक वर्ष काम गरेपछि त्यहाँबाट लोकसेवा आयोगको कार्यालय पोखरा पुगिन्।

लोकसेवा आयोगको कार्यालय पोखरामा २ वर्ष बिताएपछि महिला तथा बालबालिका मन्त्रालय काठमाडौँ सरुवा भयो उनको।

त्यहाँ उनको मुख्य जिम्मेवारी लैङ्गिक हिंसा सम्बन्धी समसामयिक मुद्दा हेर्ने थियो। नीति निर्माण गर्नमा पनि उनको भूमिका थियो।

महिलामा  तथा बालबालिका मन्त्रालयमा ३ वर्ष काम गरेपछि सुर्खेतमा सहायक प्रजिअको रूपमा सरुवा भयो। जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ६ महिना काम गरेपछि भट्टराईको सरुवा भयो अध्यागमन विभाग काठमाडौँ। त्यहाँको २ महिने बसाईपछि पुगिन् हुम्ला -जिल्लाकै पहिलो महिला प्रमुख जिल्ला अधिकारीको हैसियतमा।

चुनौती राजनीति र आर्थिककै

पद बढेसँगै जिम्मेवारी पनि बढ्यो। तर, जहाँ जसरी जुन पदमा रहे पनि पुरुष कर्मचारीको बाहुल्यता रहेकाले अप्ठ्यारा आइपरे। 'पितृसत्ताकै प्रभाव हुनसक्छ, पुरुष कर्मचारीले गम्भीर त्रुटि गरे पनि पचाउँछ समाज। तर हामी महिलाको त साना-साना गल्ती र कमी कमजोरीलाई नोटिस गरी प्रचार गरेरै ठूलो बनाइदिन्छन् मिडियाले पनि’, प्रजिअ भट्टराईले थपिन्, 'त्यसैले पनि हामी सचेत भएर काम गर्छौँ।'

चुनौतीका बाबजुद् विनीताले आफ्नो कामलाई प्राथमिकतामा राखेकी छिन्। घर र कार्यालयप्रति बराबर जिम्मेवारी छ उनको तर पनि परिवारभन्दा अगाडि कामबारे सोच्ने गरेकी छिन् उनले। जसका लागि पूर्ण साथ छ परिवारका सदस्यहरूको। त्यसैले घरको भोजभतेर वा सन्तानलाई ज्वरो आउनु उनका लागि बिदाको बहाना बनेन कहिल्यै पनि।

विनीताको छोरा एक वर्षको भएपछि उसलाई पनि काममा सँगै लिएर जान थालिन्। हरेक दिन सरसामाग्रीको झोलासँगै बोक्थिन् छोरा बोक्ने क्यारियर पनि।

अप्ठ्याराबीच पनि मेहनत छाडिनन्। महिला हुनुलाई कमजोरी वा हेपिनुको कारण बनाउन चाहिनन् उनले। जब-जब कमी कमजोरी कोट्याइन्छ, प्रचार गरिन्छ उनी ती कमजोरी सुधार्न लाग्छिन्। चिन्ता लिएर बस्दिनन्। काम थाती राख्ने बानी छैन।

जिल्ला प्रशासन कार्यालय 'पावर’ देखाउने ठाउँका रूपमा लिइन्छ। राजनीतिक प्रभाव र दबाब उत्तिकै। 'त्यसमाथि सिडिओ आफैंमा अर्धराजनीतिक पद। स्थानीय राजनीतिक प्रभावले गर्दा न्यायिक समितिसँग समन्वय र सहकार्यमा पनि असहज उत्पन्न हुन्छ। त्यसैले प्रशासनको प्रभावकारी भूमिका देखिँदैन। प्रश्नहरू उठ्छन्।’

स्थानीय सरकार आइसकेकाले विकासका ठूला बजेट पालिकामा जान्छन्। त्यसैले आर्थिक पक्षमा ठूला चुनौती छैनन्। विनीता प्रशासन कार्यालयबाट स्थानीय सरकारसँग कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयलाई ध्यानमा राखेर काम गरिरहेको बताउँछिन्।

हुम्ला रोज्नुको कारण?

मेहनतको परिणाम नमिठो हुँदैन भन्ने बुझिसकेकी थिइन् विनीताले। गत वर्ष साउनमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी नियुक्त हुँदा उनको बुझाइ धेरैका लागि उदाहरण बन्यो। उनको कार्यकालको यात्रा भने हुम्लातर्फ मोडियो।

पद बढ्यो। चुनौती र जिम्मेवारीको भारी कहाँ घट्थ्यो र? हुम्लामा आफ्ना व्यक्तिगत समस्याभन्दा बढी समस्या त त्यहाँको समाजसँग थियो। मानिससँग थियो।

राष्ट्रिय सडक सञ्जालले नछोएको जिल्ला हो हुम्ला। खाद्यान्न सधैँ अभाव। हवाई यातायातमार्फत आयात गर्न गाह्रो। सडक यातायातको त सुविधै छैन। निजी संस्थाले आफ्नो फाइदालाई मात्र हेरेर सुविधा दिन्छन् जुन नियमिततामा चुनौती छ।

कामकै सिलसिलामा हुम्लाबाट सिंहदरबार आइपुगेकी विनीतालाई हामीले सोध्यौँ, 'विकट जिल्ला नै किन रोज्नुभयो?'

विनीताको जवाफ थियो, 'म सामान्य परिवारमा जन्मे हुर्केको हुँ, त्यसैले पनि मेरो उपस्थितिले महिलाले पनि केही गर्न सकिन्छ भनेर देखाउनु हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell