PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

पिपिएल : आज बुटवल र चितवन भिड्दै



पहिलोपोस्ट

पिपिएल : आज बुटवल र चितवन भिड्दै

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगमा आज बुलवल ब्लास्टर्स र चितवन राइनोज भिड्दै छन्। जारी प्रतियोगितामा दुवै टोली अपराजित छन्। बुटवल सोमपाल कामीको कप्तानीमा छ भने चितवन पारस खड्काको कप्तानीमा रहने छ।

बुटवल ब्लास्टर्सले पहिलो खेलमा काठमाडौं गोल्डेनलाई सुपर ओभरमा हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। त्यस्तै चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। दुवै टोलीको समान २ अंक छ।

रनरेटका आधारमा भने चितवन राइनोज शीर्ष स्थानमा छ। सन्नी पटेल, बाबर हयात, रोहन मुस्तफाजस्ता विदेश खेलाडी भित्र्याएको चितवनमा आरिफ शेख, करण केसी, पारस खड्कालगायतका महत्वपूर्ण खेलाडीहरु रहने छन्।

त्यस्तै बुटवलमा युवा खेलाडीको बाहुल्यता रहेको छ। अभिनास बोहोरा, ललीत भण्डारी, भीम सार्कीलगायतका महत्वपूर्ण खेलाडीहरु बुटवलसँग छन्।

खेल आज साढे ११ मा पोखरा क्रिकेट मैदानमा हुनेछ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell