PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

कैलाली कञ्चनपुरमा चिसो प्रभाव, स्थानीय तहले विद्यार्थीलाई दियो बिदा



एम बम

कैलाली कञ्चनपुरमा चिसो प्रभाव, स्थानीय तहले विद्यार्थीलाई दियो बिदा

कैलाली : चिसोका कारण कैलाली कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ। शीतलहर शुरु भएपछि यहाँका स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाले बुधवार नै विद्यालय २ दिनका लागि बन्द गर्ने निर्णय गरेको मेयर सुरेन्द्र विष्टले जानकारी दिए।

यता धनगढी उप–महानगरपालिकालेसमेत बिहीवार र शुक्रवार उप महानगर क्षेत्र भित्रका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद कोइरालाले आज बिहीवार र शुक्रवार उप–महानगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय भएको बताए।

उनले शनिवारको मौसमपछि फेरि के गर्ने भन्ने विषयमा छलफल हुने बताए। उप-महानगरपालिकाले बिहीवार बिहान मात्रै बन्द गर्ने निर्णय गरेका कारण धेरै विद्यालय भने बिहीवार सञ्चालनमा रहेका छन्।

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका क्षेत्रभित्रका विद्यालयसमेत बन्द गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell