
काठमाडौं : उदयपुरमा भारतीय जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। उदयपुरगढी गाउँपालिका ३ जरुवामा दुर्घटना भएको हो। तामलडाँडाबाट कटारी जाँदै गरेको एस के ०१ पीबी ३०६८ नम्बरको बलेरो गाडी अनियन्त्रित भइ सडकभन्दा अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
गाडीमा रहेका उदयपुरगढी गाउँपालिका ३ घर भइ मोरङ पथरी बस्ने ६१ वर्षीय टिकनारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी मोरङ पथरी शनिश्चरे नगरपालिका ४ बस्ने ३५ वर्षका टीकाराम श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उदयपुरगढी गाउँपालिका ३ का ४७ वर्षीय मीननारायण श्रेष्ठ पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत अन्य ५ जना गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल पठाइएको थियो। २ जनालाई थप उपचारको लागि नोवेल अस्पताल विराटनगर मोरङ्ग पठाइएको छ।