PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

पिपिएल : बुटवललाई चितवनले दियो ठूलो लक्ष्य, पारस र रोहनको अर्धशतक



पहिलोपोस्ट

पिपिएल : बुटवललाई चितवनले दियो ठूलो लक्ष्य, पारस र रोहनको अर्धशतक

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)मा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २०४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०३ रन बनाएको हो।

चितवनका लागि रोहन मुस्ताफाले सर्वाधिक ७० रन बनाउँदा उनी अभिजित रहे।

त्यस्तै कप्तान पारस खड्काले ४० बलमा ६ चौका र २ छक्काको सहायतामा ६३ रन बनाए। आरिफ शेखले १९ बलमा ४० रन बनाए।

यता बुटवलका लागि अफ्ताबुद्दीन अहमेदले २ विकेट लिँदा अभिनास बोहोराले १ विकेट लिए। खेलमा बुटवलको बलिङ फितलो देखिएको थियो। १७ रन वाइड फ्याँकेका वुटवलका बलरले २५ रन अतिरक्त खर्चिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell