PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

'कोर अफ लिडरसीप' को गरिमालाई कायम राख्न नसकेको भन्दै प्रदीप ज्ञवालीले गरे पार्टी नेतृत्वको आलोचना



पहिलोपोस्ट

'कोर अफ लिडरसीप' को गरिमालाई कायम राख्न नसकेको भन्दै प्रदीप ज्ञवालीले गरे पार्टी नेतृत्वको आलोचना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आलोचना गरेका छन्। स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै ज्ञवालीले पार्टी सचिवालयले 'कोर अफ लिडरसीप' को गरिमालाई कायम राख्न नसकेको आरोप लगाएका हुन्। नेकपाको जारी स्थायी कमिटीमा हिजो उनले पार्टीको कार्यशैलीमाथि गरेको लिखित टिप्पणी आज सार्वजनिक भएको हो।

'न त सचिवालयले ‘कोर अफ लिडरसिप’ को गरिमालाई कायम गर्न सकेको देखियो, न त एकीकरणका काम समयमै सम्पन्न भए,' ज्ञवालीले भनेका छन् - 'स्थायी कमिटीलाई विश्वासमा लिएर, निर्धारित समयमा तोकिएको दायित्व पूरा नभएको स्थितिमा स्थायी कमिटीबाट थप म्याण्डेट लिएर काम गरेको भए यति आलोचना हुने थिएन।'

उनले आगामी दिनमा पनि सङ्गठनात्मक कामका केही संवेदनशील विषयहरु र प्रमुख नियुक्ति/उम्मेदवारी जस्ता विषय नेतृत्वको समझदारीबाटै सुझबुझपूर्ण ढङ्गले टुङ्ग्याउन सुझाव समेत दिएका छन्। उनले सैद्धान्तिक हिसावले स्थायी कमिटी र केन्द्रीय कमिटीको भूमिका बढाउन समेत अनुरोध गरेका छन्।

ज्ञवालीले नेतृत्वले गरेको आत्मालोचनाको स्वागत गर्दै नेतृत्वको बारेमा विश्वाससहितको आलोचना र आलोचनासहितको सहयोगको दृष्टिकोण अपनाउन पनि आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell