PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध



रासस

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

डोटी : सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ।

अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए।

उनले भने, 'बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ। सेवा पुनः सञ्चालन गराउन प्रविधिक टोली परिचालन भैसकेको छ।'

इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंकिङ कारोवारसमेत प्रभावित छ। सुदूरपश्चिमप्रदेशमा पटकपटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयलाई निकै सास्ती हुने गरेको छ।

नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयले ३ सय जनालाई द्रुत गतिको इन्टरनेट सेवा फोरजी सेवाको सिमकार्ड निःशुल्क रुपमा वितरण गरेको छ।

जिल्लामा केही हप्ता पहिलेदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलो पटक दिपायलको प्रमुख व्यापारीक केन्द्र पिपल्ला बजारमा ३०० जना नागरिकलाई निःशुल्क रुपमा फोरजी सिमकार्ड वितरण गरेको नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयका प्रमुख केशवराज भट्टले बताए।

उनले भने, 'इन्टरनेटमा सबैको पहुँच होस् भनेर हामीले निःशुल्क सिमकार्ड वितरण गरेका छौँ, अधिकांशले लिएका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell