PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पार्टीमा यसरी गरे विष्णु रिमालले सरकारको बचाउ, भने : ओली आएपछि चौतर्फी प्रगति



कुञ्जरमणि भट्टराई

पार्टीमा यसरी गरे विष्णु रिमालले सरकारको बचाउ, भने : ओली आएपछि चौतर्फी प्रगति
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बैठकमा सरकारको सशक्त बचाउ गरेका छन्।

पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले आजको बैठकमा राजनीतिक प्रतिवेदन सही भएको तर्क गर्दै ओली प्रधानमन्त्री भएपछि देशमा प्रगति शुरु भएको दाबी गर्दै १५ बुँदे फेहरिस्तसमेत प्रस्तुत गरे।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज पेश गरिएको उनको वक्तव्यमा आर्थिक विकासको गतिविधिले सरकार सञ्चालनका काम सकारात्मक दिशातिर गइरहेको दाबी गरिएको छ।

सरकारको तारिफको पहिलो नम्बरमा भनिएको छ, 'विश्वव्यपी रुपमै औद्योगिक क्षेत्रको विस्तारमा संकुचन आइरहेको भएता नेपाली अर्थतन्त्रले राम्रो काम गरिरहेको छ। गत आर्थिक वर्ष ७.१ प्रतिशतले आर्थिक बृद्धि भयो। हालसालै बेलायतको प्रसिद्ध पत्रिका– द इकोनोमिस्ट’ले गरेको सर्भेक्षणमा नेपाललाई उच्च आर्थिक बृद्धि गर्ने १० मुलुकमा समावेश गरिएको छ।'

त्यसैगरी गत आर्थिक वर्ष ८ प्रतिशतको हाराहारीमा रहेको उद्योग क्षेत्रको बृद्धि चालु वर्षको अन्त्यमा झण्डै दोब्बर हुने अपेक्षा गरिएको बताएका छन्।

यही आर्थिक वर्षको तीन महिना नकट्दै करिब २० करोडको वैदेशिक लगानीसम्बन्धी उद्योगहरु दर्ता भएको उनको प्रस्तुतिमा उल्लेख छ। भनिएको छ, 'चालु आर्थिक वर्षको पहिलो ३ महिनामै करिव १९ अर्ब ६० करोड लगानी गर्ने गरी १२० वैदेशिक लगानीसम्बन्धी उद्योगहरु दर्ता भएका छन्।

ओलीको पालामा १२९ भन्दा बढी तारे होटल थपिएको रिमालको दाबी छ। सरकारको प्रगतिको चौथो नम्बरमा भनिएको छ, 'पर्यटकस्तरीय (११२५) र तारे होटल (१२९) को संख्यामा बृद्धि भएको छ। पर्यटक आगमनको संख्यामा पनि बृद्धि भएको छ।'

यी हुन् रिमालले प्रस्तुत गरेको सरकारको प्रगति

हामीप्रति सकारात्मक जनमत हुनुको एउटा कारण जनताका मुर्छित सपना व्युँताउनु सक्नु पनि थियो। अब केही हुन्छ भन्ने सन्देश दिनु थियो। आर्थिक बिकासको गतिबिधिले सरकार सञ्चालनका काम सकारात्मक दिशातिर भए, हुँदैछन् भन्ने नै संकेत गरिरहेको छः

१. विश्वव्यपी रुपमै औद्योगिक क्षेत्रको विस्तारमा संकुचन आइरहेको भएता नेपाली अर्थतन्त्रले राम्रो काम गरिरहेको छ। गत आर्थिक वर्ष ७.१ प्रतिशतले आर्थिक बृद्धि भयो। हालसालै वेलायतको प्रसिद्ध पत्रिका– द इकोनोमिस्ट’ले गरेको सर्भेक्षणमा नेपाललाई उच्च आर्थिक बृद्धि गर्ने १० मुलुकमा समावेश गरिएको छ। चालु आ.ब. को बजेटमा प्रक्षेपण गरिएको ८.५ प्रतिशतको बृद्धिदर हासिल गर्न असंभव छैन, तर थप प्रयास जरूरी छ।

२.गत आर्थिक वर्ष ८ प्रतिशतको हाराहारीमा रहेको उद्योग क्षेत्रको बृद्धि चालु वर्षको अन्त्यमा झण्डै दोब्बर हुने अपेक्षा गरिएको छ।

३.चालु आर्थिक वर्षको पहिलो ३ महिना मै करीव रु. १९ अर्ब ६० करोड लगानी गर्ने गरी १२० वैदेशिक लगानी सम्बन्धी उद्योगहरु दर्ता भएका छन्। यस अवधिमा उद्योगको संख्या १३,१५५ पुगेको छ, जसमा ठूला २८, मझौला ४९ र लद्यु, घरेलु तथा साना १३,०३८ छन्।

४.पर्यटकस्तरीय (११२५) र तारे होटल (१२९) को संख्यामा बृद्धि भएको छ। पर्यटक आगमनको संख्यामा पनि बृद्धि भएको छ।

५.सरकारी कोषमा बचत छ।

६.२०७४।७५ मा भन्दा २०७५।७६ मा वैदेशिक सहायताको प्रतिवद्धता झण्डै २७ प्रतिशतले बढेको छ। चालू आ.ब.को अहिलेसम्म रु. ७२ अर्व ३० करोड बरावरको प्रतिवद्धता भइसकेको छ।

८. बैंकिग क्षेत्रको निक्षेप परिचालन र कर्जाको विस्तार बढेको छ। रु. ४००० करोड बराबरको सहुलियतपूर्ण कर्जा (व्यवसायिक कृषि र पशुपंक्षी, महिला उद्यमशीलता, दलीत समूदाय व्यवसाय, भुकम्प प्रभावित पुनर्निर्माण, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार र उच्च प्राविधिक शिक्षा) लगानी भएको (झण्डै २१ हजारमा) छ।

९.६१ प्रतिशत भन्दा बढी नेपालीको बैंक खाता रहेको अनुमान छ। बैंकका ९,१०० शाखा विस्तार भएका छन्। जम्मा १२ स्थानमा बाहेक सबै स्थानीय तहमा बैंकका शाखाहरु स्थापना भई सकेका छन् (प्रदेश नं. १ मा १, प्रदेश नं. २ मा २, प्रदेश नं. ३ मा २, गण्डकी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदरपश्चिम प्रदेशमा ५)।

१०.गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो चौमासिकमा निर्यात २३.४ प्रतिशतले बढेको छ। ६.९ प्रतिशतले आयात घटेको छ, व्यापार घाटा पनि ८.९ प्रतिशतले घटेको छ।

११.यस आ.ब. को अहिलेसम्म ७ लाख ९८ हजार करदाता थप दर्ता भएका छन् (व्यवसायिक तर्फ १,१५,००० र व्यक्तिगत तर्फ ६ लाख ८३ हजार)।

१२.गत आर्थिक वर्षमा रु. ३५४२ करोडले घाटामा रहेको शोधनान्तर स्थित चालु आर्थिक वर्ष १४४३ करोडले बचत भएको छ। बिदेशी बिनिमय संचिति झन्डै ९ महिनाको बस्तु तथा सेवाको आयात धान्न सक्ने अबस्थामा छ।

१३.    अन्यः

(क)विश्व बैंकको व्यवसाय गर्ने वातावरण सम्बन्धी सर्भेक्षण (Doing Business Index) ले नेपालको व्यवसायिक वातावरणमा उल्लेख्य सुधार भएको देखाएको छ। गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यो वर्ष ९४ स्थानमा उक्लेको छ। १० उपसूचक मध्ये निर्माण ईजाजत, बिद्युत आपूर्ति, ऋणको उपलब्धता र सिमा ब्यापार सहजिकारणमा नेपालको प्रगति उत्साहपूर्ण छ।

(ख)   संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले गत हप्ता प्रकाशित गरेको मानव विकास प्रतिवेदन अनुसार नेपाल १४९औं बाट १४७ औं स्थानमा उक्लिएको छ। सूचकांकको हिसावले पनि गत वर्षको ०.५७४ बाट ०.५७९ मा उक्लेको छ।

(ग)    विश्व भोकमरी सूचकांक (न्यिदब िज्गलनभच क्ष्लमभह) मा नेपाल ७३ औं स्थानमा (२०.८ सुचकांक सहित) रहेको छ।

(घ)    शान्ति सुचक (न्यिदब िएभबअभ क्ष्लमभह) मा नेपालले यस बर्ष १२ बिन्दुले सुधार गरेको छ।  (१६५ देश मध्ये नेपाल २.०००३ प्राप्तांक सहित ७६ औ स्थानमा छ।  (बंगलादेश– १०१, चिन–११० भारत– १४१ र पाकिस्तान– १५३ स्थानमा छन्। )

(ङ)    कानूनको शासन (च्गभि या ीबध क्ष्लमभह) मा पनि नेपाल गत बर्ष भन्दा २ स्थिति माथि अर्थात १२६ देशहरु मध्ये ५९ औ स्थानमा रहेको छ।

  (१६ अर्ब माथिको विगो सहितको कारबाहि त यस विचमा राजश्व अनुसन्धान विभागले नै गरिसक्यो। यहाँ चर्चा भएका भ्रष्टाचारका विषय कार्वाहीको क्रममा रहेकोमा कमिटी विदितै छ)

(च)   २१ राष्ट्रिय गौरबका आयोजनाहरू मध्ये ८ वटा (२ विमान स्थल, १ जलविद्युत, २ सडक, १ खानेपानी र २ सिचाई आयोजना) को कार्यान्बयन सन्तोषजनक छन्।

१४.    सुशासनको लागि गरिएका डिजिटल प्रयास यहाँ उल्लेखनीय छ। उदहारणका लागि, इसिटिएस, भेहिकल ट्रयाकिङ प्रणाली, अनुगमन पोर्टल होस्, टेलिप्रिजेन्स सहितको एक्सन रुम आदि उल्लेखनीय छ।

१५.    रेल अब सपना मात्रै हैन, इनल्याण्ड वाटर वेज सपना रहेन, पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतीको श्रोत सुनिश्चित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell