PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

एकलाख नगदसहित नौ जना जुवाडे पक्राउ



रासस

एकलाख नगदसहित नौ जना जुवाडे पक्राउ

काठमाडौं : प्रहरीले एक लाख सात हजार ५१० रुपैयाँसहित नौ जुवाडेलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधवार राति पक्राउ गरेको हो।

पक्राउ परेकासँग प्रहरीले तास र नगद बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell