PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राजपासँगको सहमतिलाई लिएर स्थायी कमिटीमा भीम रावलको कविता : अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो?



कुञ्जरमणि भट्टराई

राजपासँगको सहमतिलाई लिएर स्थायी कमिटीमा भीम रावलको कविता : अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो?

काठमाडौं : राष्ट्रिय सभाको रिक्त पदमा राष्ट्रिय जनता पार्टी (राजपा)सँग भागवण्डा गर्ने सहमति भएको विषयलाई लिएर जारी नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले कडा प्रश्न गरेका छन्।

नेताहरु भीम रावल, वामदेव गौतम, युवराज ज्ञवाली लगायतका नेताहरुले पार्टीमा कुनै छलफल नै नगरी भागवण्डाको सहमति भएकोमा आपत्ति जनाएका हुन्।

'स्थायी कमिटी चलिरहेकै छ। त्यही बीचमा यस्तो सहमति भयो जुन जानकारी नै नदिइ गरियो,' भीम रावलले बैठकमा पार्टी शीर्ष तहको आलोचना गर्दै भने। उनले यस्तो सहमति किन गरेको भन्दै प्रश्न उठाएको जानकारी पत्रकारहरुलाई दिए। 'पार्टी विधि र पद्धतिमा जाने भनियो तर त्यसको पालन गरिएन,' रावलले असन्तुष्टि जनाए।

राष्ट्रिय सभामा रिक्त रहेको पदमध्ये दुई पद राजपालाई दिने गरी सहमति भएको छ। बैठक आजका लागि सकियो भने अर्को बैठक पर्सिका लागि तोकिएको छ। भोलि संसद बैठक हुने भएकाले पनि स्थायी कमिटी बैठक भोलिका लागि नराखिएको हो।

असन्तुष्टि प्रकट गर्नेक्रममा नेता भीम रावलले कविता प्रस्तुत गरेका थिए। उनको कविता पढ्नुस् :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell