PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

यस्तो देखियो त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोह

यस्तो देखियो त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोह

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन विश्वविद्यालयका १० हजार १८३ विद्यार्थी दीक्षित भएका छन्। पुल्चोक इञ्जिनियरिङ क्याम्पसको प्रांगणमा भएको ४५ औँ दीक्षान्त समारोहमा २०७५ असार १ देखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी आज दीक्षित भएका हुन्।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले ती विद्यार्थीहरुलाई दीक्षित गराएका थिए। त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा शिक्षामन्त्री पोखरेलले समारोहको अध्यक्षता गरे। सोही अवसरमा ५७ औँ ग्रेस लिस्टमा सहभागी ७० हजार ७७ विद्यार्थी पनि दीक्षित भए।

दीक्षित हुनेमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा संकायमा ७७१, मानविकी संकायमा दुई हजार ९१, इञ्जिनियरिङमा एक हजार १८६, वन विज्ञानमा ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी छन्।

सो समारोहमा मन्त्री पोखरेलले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न ३१ पदक/पुरस्कार प्रदान गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell