PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

स्थायी कमिटी बैठकमा अष्टलक्ष्मी शाक्य र पम्फा भुसालका ६ प्रस्ताव 



पहिलोपोस्ट

स्थायी कमिटी बैठकमा अष्टलक्ष्मी शाक्य र पम्फा भुसालका ६ प्रस्ताव 

काठमाडौं : आइतवारबाट शुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि आज पनि छलफल भयो।

राजनीतिक प्रतिवेदन र विधान संशोधनमाथि स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्। आफ्नो धारणा राख्न सदस्यहरुलाई २० मिनेटको समय दिइएको छ।

बैठकमा स्थायी कमिटी सदस्यद्वय अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले बुधवार संयुक्त रुपमा लिखित प्रस्ताव पेश गरेका थिए।

उनीहरुले ९ जना सदस्य रहेको सचिवालयमा महिलासहित १५ जना बनाउन सुझाव दिएका छन्। 

यस्तो छ शाक्य र भुसालका ६ प्रस्ताव :

प्रस्ताव १ :
केन्द्रीय सचिवालयमा हाल ९ जना कमरेडहरु रहनु भएकोमा यसलाई महिला सदस्य दुई जनासहित १५ जना सदस्य बनाउनु पर्ने, स्थायी कमिटीमा पनि महिला सदस्य थप गर्नुपर्ने (पार्टीमा महिला सदस्यको संख्यालाई आधार बनाउने)।

प्रस्ताव २ :
प्रदेश पदाधिकारी भने इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष तथा सचिवको व्यवस्था छ। प्रदेश कमिटीमा पदाधिकारी बैठक बस्ने गरिएको छ। हाल प्रदेश अध्यक्षको अध्यक्षतामा बस्ने गरिएको बैठकमा अबदेखि स्थायी कमिटी सदस्य इन्चार्ज हुने भएकोले इन्चार्जको अध्यक्षता पदाधिकारीको बैठक बस्नुपर्ने विधानमा व्यवस्था गर्नुपर्ने

प्रस्ताव ३ :
केन्द्रीय कमिटीमा उपाध्यक्षको व्यवस्था गर्ने प्रस्तावमा प्रदेश कमिटी जिल्ला कमिटी लगायत स्थानीय कमिटीसम्म उपाध्यक्ष पद रहने व्यवस्था गर्नुपर्ने। अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने। स्थायी कमिटी र केन्द्रीय कमिटीमा पार्टीको महिला सदस्यको आधारमा एक तिहाइ हुनुपर्ने।

प्रस्ताव ४ :
महानगर कमिटीको व्यवस्था विधानमा नै गरिरहँदा महानगर कमिटी जिल्ला कमिटी सरह भनिएको छ तर अझ महानगर कमिटीको काम, कर्तव्य र अधिकार प्रष्ट आउन सकेको छैन। विधानमा यसलाई प्रष्ट व्यवस्था गर्नुपर्ने।

प्रस्ताव ५ :
प्रस्तावमा शोषण उत्पीडन पछि कुरिति, कुप्रथा पनि थप्नुपर्ने।

प्रस्ताव ६ :
धारा ३९ 'ग' योग्य शब्द हटाउने वरिष्ठ र सकृयताको आधार बनाउने मापदण्डलाई नै जोड गर्नुपर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell