PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

मोटरसाइकल चोरीमा संलग्न ११ जना पक्राउ



पहिलोपोस्ट

मोटरसाइकल चोरीमा संलग्न ११ जना पक्राउ

काठमाडौं : प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले एकान्त स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा कीर्तिपुरका मदन तामाङ, चितवनका सोम सुनार र सन्दीप गुरुङ, मकवानपुरका सन्तोष गोले, नवलपरासीका भरत थापा, चन्द्रागिरिका रिन्जेन मोक्तान, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, सिन्धुलीका विक्रम भुजेल, बर्दियाका राजु पौडेललगायत छन् । चोरी मुद्दामा उनीहरुमाथि अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell