PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

पिपिएल : बुटवलको दोस्रो जित, पोखरालाई हराउन अहमेदले बनाए अर्धशतक



पहिलोपोस्ट

पिपिएल : बुटवलको दोस्रो जित, पोखरालाई हराउन अहमेदले बनाए अर्धशतक
फाइल फोटो : पिपिएल।

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)मा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो।

१ सय २२ रनको सामान्य लक्ष्य पछ्याएको बुटवलले १४ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो।

वुटवलका लागि अफ्तावउद्दीन अहमेदले ७५ रनको महत्वपूर्ण योगदान दिँदा शंकर रानाले १९ र भीम सार्कीले १६ रन बनाए।

यसअघि पोखराका लागि रवि इन्दर सिंहले अविजित ४५ रन बनाउँदा प्रथामेस डाकेले अविजित २० रन जोडे। त्यस्तै रोहित कुमार पौडेलले १९ रन र इशान पाण्डेले १३ रन जोडे।

बुटवलका हर्स टोंकले २ विकेट तथा ललीतसिंह भण्डारी, शिवम सिंह र नितेश थापाले समान १/१ विकेट लिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell