PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु



रासस

यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु
प्रतीकात्मक तस्विर।

सुरुङ्गा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका-३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुंगेल रहेका छन्। बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम बस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्बरको बसले ठक्कर दिएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका ढुंगेललाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell